Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

चीनसँग कुनै हालतमा झुक्दैनौंः ताइवानकी राष्ट्रपति वेन

चीनसँग कुनै हालतमा झुक्दैनौंः ताइवानकी राष्ट्रपति वेन

  • 531
    SHARES
  • चीनसँग कुनै हालतमा झुक्दैनौंः ताइवानकी राष्ट्रपति वेन

    ताइपेय । ताइवानकी राष्ट्रपति साइ इंग वेनले चीनसँग कुनै हालतमा नझुक्ने र आफ्नै मौलिक प्रजातन्त्र अंगिकार गर्ने बताएकी छिन् ।

    images

    चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पुनः एकीकरण गर्ने’ भनेको भोलिपल्ट राष्ट्रपति वेनको सो भनाई आएको हो ।  ताइवानको प्रगतिका कारण चीनले  दबाब दिएको उनको भनाई छ । ‘हामीले जति प्रगति गर्छौँ त्यति नै हामीमाथि चिनियाँ दबाब बढ्दै जानेछ । ’, ताइवानको राष्ट्रिय दिवसका अवसरमा उनले भनिन् ।

    ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्दै आए पनि चीनले आफूबाट छुट्टिएर रहेको एउटा प्रान्त मान्दै आएको छ । एक साताअघि ताइवानको हवाई क्षेत्रमा चीनले लडाकु विमान उडाएको थियो ।

    ताइवानको हवाई क्षेत्रमा चीनले १५० भन्दा बढी लडाकु विमान उडाएको थियो । सो विषयलाई लिएर अमेरिकाले चीनको बिरोध गरेको थियो । अमेरिकाले चीनलाई काउन्टर दिन ताइवानका सेनालाई एक वर्षदेखि तालिम दिँदै आएको वाल स्ट्रिट जर्नलले दाबी गर्दै आएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology