Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

देखिएन बोनसको चमक

देखिएन बोनसको चमक

  • 431
    SHARES
  • देखिएन बोनसको चमक

    काठमाडौं । पछिल्लो समय सेयर बजारमा बोनसको घोषणा सुरु भएको छ । एकपछि अर्को बैंक र माइक्रोफाइनान्सले बोनस घोषणा गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयर धनीहरूलाई १२ प्रतिशन बोनस सेयर र ३ दशमलव ५ प्रतिशन नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images

    संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात साधारणसभाको छलफलमा समावेश गरिनेछ । बोनस घोषणा भएता पनि सेयरको मूल्य भने बढेको छैन । न्युज तयार पर्दासम्म यसको मुल्य चार सय ३० रुपैयाँ छ । 

    कम्पनीको आइतबार बिहान बसेको संचालक समितिको ३७५औं बैठकले आ.व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट सेयर धनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी नौ अर्ब ४८ करोड दुई लाख ११ हजार एक १९५ को १२ प्रतिशत अर्थात एक अर्ब आठ करोड पाँच लाख ७८ हजार ५४३ बराबरको बोनस सेयर तथा ३१ करोड ५१ लाख ६८ हजार ७४२ बराबरको नगद लाभांश ९कर प्रयोजनार्थ समेत० वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य सेयरधनीले दाबी गर्न पाउने छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology