Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विश्वमा आजः गिनीको स्वतन्त्रतादेखि राष्ट्रसंघमा जुत्ता खोलेर व्यंग्य

विश्वमा आजः गिनीको स्वतन्त्रतादेखि राष्ट्रसंघमा जुत्ता खोलेर व्यंग्य

  • 456
    SHARES
  • विश्वमा आजः गिनीको स्वतन्त्रतादेखि राष्ट्रसंघमा जुत्ता खोलेर व्यंग्य

    आज १२ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

    images

    गिनीको स्वतन्त्रता
    सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो । गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो । तत्कालिन राष्ट्रपति फ्रान्सिस्को मासियस नुमाको नेतृत्वमा गिनी स्वतन्त्रत भएको थियो । सन् १९७२ मा नुमाले आफूलाई गिनीको आजिवन राष्ट्रपति घोषणा गरेका थिए । 

    सोभियत युनियनका तीन वैज्ञानिकको अन्तरिक्ष यात्रा
    सन् १९६४ मा सोभियत अन्तरिक्ष यान भोस्कोद १ मा पहिलो पटक तीन जना वैज्ञानिकले अन्तरिक्षको यात्रा गरेका थिए । अन्तरिक्ष उडानमा पहिलो पटक उनीहरू तीनै जनाले ‘स्पेस सुट’ लगाएका थिएनन् । 

    निकिता ख्रुश्चेभद्वारा राष्ट्रसंघमा जुत्ता खोलेर व्यंग्य
    सन् १९६० मा राष्ट्रसंघको महासभाको वैठकको क्रममा सोभियत कम्युनिस्ट पार्टीका प्रथम सचिब निकिता ख्रुश्चेवलले जुत्ता खोलेर टेबुलमा फालेका थिए । एक फिलपिनी प्रतिनिधिमन्डलले पूर्वी युरोपमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको टिप्प्णीको जबाफमा उनले जुत्ता फुकालेर आफ्नो ‘स्वतन्त्रता’ प्रदर्शन गरेका थिए ।  

    कोलम्बसले टेके नयाँ देशमा पाइला
    स्पेनबाट तीन ओटा जहाजमा क्रिस्टोफर कोलम्बसको नेतृत्वको कारिन्दाहरूको एउटा अन्बेषक टोलीले सन् १४९२ मा अहिलेको बाहमासमा पाइला टेकेका थिए  । कोलम्बसले अमेरिका पत्ता लगाएका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology