Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

  • 65
    SHARES
  • लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

    काठमाडौं । चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा थप सजकता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा हेलचेक्रयाइँ नगर्न मन्त्रालयले आग्रह गरेको हो । 

    यस्ता छन् स्वास्थ्य मापदण्ड

    सही तरिकाले मास्क प्रयोग गर्ने ।

    अगाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्ने ।

    यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने ।

    सकेसम्म खुद्रा पैसा वा अनलाइन भुक्तानीको व्यवस्था गर्ने ।

    आवश्यक खानेकुरा आफैं बोक्ने ।

    होटलमा खाना खान परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने ।

    अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका, डण्डी तथा सिट नछुने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology