Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

चाडवाडका बेला चारपांग्रे सवारीको आयात बढ्यो

चाडवाडका बेला चारपांग्रे सवारीको आयात बढ्यो

  • 557
    SHARES
  • चाडवाडका बेला चारपांग्रे सवारीको आयात बढ्यो

    काठमाडौं । दसैँतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान) को आयात बढेको पाइएको छ । गतवर्ष चाडपर्वमा  कोभिड-१९को संक्रमण कायमै थियो । अहिले कोभिड-१९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपांग्रे सवारीको किनबेच बढेको हो । 

    images

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कूल एक हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ । सो अवधिमा चारपांग्रे सवारीसाधन आयातबाट कूल पाँच अर्ब २२ करोड  ७२ लाख ६१ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । असोजमा पनि यस्ता सवारीसाधान भित्रिने सङ्ख्या धैैरै रहेको देखिन्छ । 

    यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology