Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

साहित्य सन्ध्या पुरस्कार डा. रवीन्द्र समीरलाई

साहित्य सन्ध्या पुरस्कार डा. रवीन्द्र समीरलाई

  • चैत्र ६, २०७७ शुक्रवार १३:०४ बजे
  • 849
    SHARES
  • साहित्य सन्ध्या पुरस्कार डा. रवीन्द्र समीरलाई

    काठमाडौं । साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । 

    images

    साहित्य सन्ध्या नेपालले बिहीवार सो पुरस्कार डा.समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्य विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई चैत १५ गते हुने समारोहमा १५ हजार राशिसहित सो पुरस्कार प्रदान गरिनेछ । गुल्मी जिल्लाको खुर्कोटमा जन्मेका डा. समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

    त्यस्तै एसओएस बालग्राममा कक्षा १० मा अध्ययनरत अभिभावकको वात्सल्य गुमाएकी पढाइका अलावा बालसाहित्यका क्षेत्रमा समेत योगदान गरिरहेकी छात्रा बन्दुमाया राईलाई १० हजार राशिको २०७६ सालको ‘साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान’ दिइने छ । 

    यसैगरी दैलेखमा जन्मी नेपालगञ्जलाई कर्मक्षेत्र बनाएर प्राध्यापन, वैचारिक अभियान, साहित्यिक संस्थाको नेतृत्वसमेतमा सक्रिय रही विविध विधामा नेपाली प्रगतिवादी साहित्यमा उल्लेख्य योगदान गरिरहेका हरिप्रसाद तिम्सिनालाई ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द्र-बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’ तथा तेह्रथुम जिल्लामा जन्मिएर सुनसरी जिल्लाको चक्रघट्टीमा स्थायी बसोबास भई नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै नियात्रालेखन तथा प्रकाशनमा सक्रियताका साथ लागिरहेका खेमनाथ दाहाललाई १० हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’ दिइने सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए। 

    साहित्य सन्ध्याले साढे तीन दशकदेखि महिनाको पहिलो शनिबार साहित्य गोष्ठी गर्ने गरिरहेको र सन्ध्याले सम्पन्न गर्ने वार्षिक एघार मासिक शृङ्खलामध्ये १० वटामा नियमित उपस्थित भई सिर्जना वाचन गर्ने एक स्रष्टालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिँदै आएकामा यस वर्ष महामारीका कारण भौतिक र भर्चुअल गरी नौ मासिक शृङ्खला सम्पन्न गरिएको र त्यसमध्ये आठ शृङ्खलामा सक्रियताका साथ सहभागी सीताराम नेपाललाई २०७६ सालको पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ दिइनेछ । ती पुरस्कार यही चैत १४ गते जुम क्लाउड मिटिङका माध्यमबाट आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने छ । 

  • सम्बन्धित विषय:

  • # साहित्य सन्ध्या

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology