Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

भारतमा २ वर्ष माथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने

भारतमा २ वर्ष माथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने

  • 567
    SHARES
  • भारतमा २ वर्ष माथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने

    नयाँ दिल्ली । भारतमा २ वर्ष उमेरभन्दा माथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । भारत सरकारले बालबालिकालाई स्वदेशी कोभ्याक्सिन खोप लगाउन अनुमति दिएको छ ।

    images

    ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डिसीजीआई)का अनुसार बालबालिकालाई कोरोनाविरुद्धको दुई डोज दिइने छ । तर उक्त खोप प्रक्रियाको गाइडलाइन जारी हुन बाँकी नै छ । डिसीजीआर्इको विज्ञविशेषज्ञ कमिटीले बालबालिकालाई खोप लगाउने प्रक्रिया र दुई डोजबीच राखिने अन्तरबारे जानकारी दिनेछ । हाल भारतमा वयस्क व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप दिइँदै छ । भारतमा हालसम्म कोभ्याक्सिन, कोभिशिल्ड र स्पुतनिक भी  खोपको प्रयोग गरिएको छ । 

    कोभिशिल्ड खोप बनाउने सिरम इन्स्टिट्युटले पनि बालबालिकालाई लगाउन मिल्ने भाइरसविरुद्धको खोप बनाउने तयारी गर्दै छ । 

    डिसीजीआर्इको विशेषज्ञ कमिटीले तेस्रो लहरको चेतावनीपछि १२ मे मा बालबालिकामा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न अनुमतिको सिफारिस गरेको थियो । सिफारिस लगत्तै डिसीजीआइले सिफारिस स्वीकृत गरेको थियो । भारत बायोटेकले बालबालिकामा कोरोनाविरुद्ध खोपको परीक्षण गत जुन महिनामा गरेको थियो । कोभ्याक्सिनलाई तीन पटकको परीक्षण पश्चात बालबालिकामा लगाउन स्विकृत दिइएको हो ।

    अझै पनि विश्वभर बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने की नलगाउने भन्नेबारे तर्क, वितर्क भइरहेको देखिन्छ । तर संक्रमणको तेस्रो लहरले बच्चालाई हानि पुर्‍याउने अनुमान गरिएसँगै भाइरसविरुद्धको खोपमा जोड दिइएको डिसीजीआईले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology