Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

जाइफल : गुणले भरिपूर्ण मसला

जाइफल : गुणले भरिपूर्ण मसला

  • 78
    SHARES
  • जाइफल : गुणले भरिपूर्ण मसला

    काडमाडौं । नेपाली स्वादिष्ट खानाको बेग्लै महिमा छ । त्यसमाथि नेपाली परिकारमा प्रयोग हुने विभिन्न मसलाले खानेकुरालाई स्वादिष्ट बनाउनुका साथै स्वास्थ्यलाई पनि निकै फाइदा गरिरहेको हुन्छ । यसरी हामीले प्रयोग गर्ने मसलामध्ये जाइफल पनि एउटा हो । 

    जाइफल औषधिय गुणले पनि भरिपूर्ण हुन्छ । जाइफल विश्वभर खानामा स्वाद बढाउनको लागि प्रयोग गरिने एक लोकप्रिय मसला हो । जाइफलको प्रयोग वर्षौदेखि स्वास्थ्य लाभको लागि गरिन्छ । यो पोषकतत्वले भरिपूर्ण हुन्छ । 

    फाइदा

    अनिन्द्रा हटाउँछ 
    जाइफलको प्रयोगले अनिन्द्राको समस्याबाट छुटकरा पाउन सकिन्छ । दुई हप्तासम्म जाइफल चुर्णको सेवन गर्नाले अनिन्द्राको समस्याबाट मुक्ति पाउन सकिन्छ । यसले आरामदायी निन्द्रामा मद्दत गर्छ । 

    पाचनतन्त्रमा फाइदा
    जाइफलले पाचनतन्त्रलाई सुधार गर्छ । प्राचिनकालदेखि आयुर्वेदमा जाइफलको प्रयोग विभिन्न समस्या निदानको लागि गरिन्छ । जसमध्ये खराब पाचनतन्त्रलाई निको पार्न पनि प्रयोग गर्ने गरिन्छ । साथै यसले कब्जियतको समस्याबाट मुक्त गनर्त पनि सहायता गर्छ । यसले पेटसँग सम्बन्धित अन्य समस्यालाई पनि निर्मूल पार्छ । 

    पेन किलर  
    जाइफलको प्रयोग दुखाई निको पार्न पनि गरिन्छ । जाइफलमा दुखाईलाई निको पार्ने एनाल्जेसिक गुण पाइन्छ । जसले दुखाईबाट तुरुन्त राहत दिन्छ । 

    रोग–प्रतिरोध क्षमतामा विकास
    व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता बलियो नभएको खण्डमा स्वास्थ्यमा विभिन्न समस्या देखिने हुन्छ । जाइफलले रोग प्रतिरोध क्षमतालाई पनि बढाउँछ । 

    कोलेस्ट्रोल नियन्त्रण 
    शरीरमा कोलेस्ट्रोलको स्तर बढ्दा विभिन्न शारीरिक समस्या देखा पर्न सक्छन् । जस्तै हृदयघात । यस्तो अवस्थामा जाइफलको सेवन गर्दा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ । जाइफलमा कोलेस्ट्रोललाई नियन्त्रण गर्ने गुण हुन्छ । 

    तौल घटाउन मद्दत
    अस्वस्थकर जीवनशैलीको कारणले विश्वभर मोटोपनको समस्या बढ्दै गइरहेको छ । तैलिय खाना, घरबाहिरको खाने कुरा खाँदा, खानपिनमा ध्यान नदिँदा मोटोपनको समस्या बढेको छ । मानिसहरुले मोटोपनको समस्याबाट छुटकरा पाउन घरेलु उपायहरु अपनाउने गर्छन् । जसमा जाइफल पनि एक हो । जाइफलमा पाइने विभिन्न तत्वले मोटोपनलाई नियन्त्रण गर्छ । 

    दाँतको लागि लाभदायक
    जाइफल दन्त स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । यसले मुखलाई स्वास्थ्य राख्न सहयोग गर्छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology