Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

प्रकृतिको नजिक हुँदा खुसी बढ्छ : अध्ययन

प्रकृतिको नजिक हुँदा खुसी बढ्छ : अध्ययन

  • 115
    SHARES
  • प्रकृतिको नजिक हुँदा खुसी बढ्छ : अध्ययन

    लन्डन । विलासी जीवनशैली र कामको चापले मानिसलाई प्रकृतिबाट टाढा पुर्याएको छ । सहरी जीवनशैलीमा प्रकृतिसँग निकट हुने मौका नै पाइँदैन् । बगैंचा, पोखरी, नदि, ताल, जंगलको निकट पुग्न मानिसले बेग्लै समय निकाल्नु पर्ने हुन्छ । 

    प्रकृतिसँग निकट हुँदा मानिसमा खुसी बढ्ने, बेचैनी हट्ने र छटपटी कम हुने भर्खरै भएको अध्ययनबाट देखिएको छ । शोधकर्ताले प्रकृतिको निकट भएर विभिन्न गतिविधि गर्दा मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने बुझ्न अध्ययन गरिएको बताएका छन् ।  

    मन शान्त पार्न पनि प्रकृतिसँगको निकटताले धेरै सहज बनाउँछ । प्राकृतिक स्थानहरुमा खेतीपाती तथा शारीरिक व्यायाम गर्नाले मानसिक शान्ति पाइने अध्ययनबाट देखिएको हो । जसले गर्दा छटपटि हट्ने र मानसिक समस्याहरु टाढा हुँदै जान्छन । 

    इंग्ल्यान्डको योर्क विश्वविद्यालयका अध्ययनकर्ताहरुले हालसालै गरेको रिसर्चमा प्रकृतिको निकट भएर विभिन्न किसिमका क्रियाकलाप गर्नाले व्यक्तिको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने देखिएको हो ।

    रिसर्चका अनुसार ८ देखि १२ हप्ताको बिचमा मानिसले २० देखि ९० मिनेटसम्म प्रकृतिसँग समय बिताउँदा मानसिक रुपमा स्वस्थ महशुुस गर्न सकिने दावी गरिएको छ । 

    ‘हामीलाई थाहा छ, प्रकृतिसँग केही समय बिताउँदा शारीरिक स्वास्थ्यको लागि फाइदाजनक हुन्छ,’ शोधकर्ता डा. पीटर कोवेट्री भन्छन्, ‘तर रिसर्चमा प्रकृतिसँग नजिक हुँदा मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने देखिएको छ । प्रकृतिको निकट भएर रुखविरुवा रोप्ने, शारीरिक व्यायाम गर्ने र बोटविरुवा संरक्षण सम्बन्धित क्रियाकिलाप गदाए मन शान्त र ताजा हुन्छ । यस्ता कार्यले तन र मनमा उर्जा भर्ने काम पनि गर्दछ ।’ 

    यसकासाथै शोधकर्ता पिटरले यस्ता प्राकृतिक स्थानहरुमा समुह बनाएर जाँदा र  फरक–फरक किसिमका क्रियाकलाप गर्दा मानसिक स्वास्थ्यलाई अत्यधिक फाइदा हुने जनाएका छन् । 

    रिसर्चकाअनुसार आफूलाई स्वस्थ राख्नको लागि केही समय प्रकृतिसँग बिताउनु जरुरी छ । प्रकृति स्वस्थ जीवनशैलीको कारक तत्व हो । जसले मानसिक रुपमा स्वस्थ जीवनयापनमा सहयोग गर्छ । यसलाई बैंकमा बचत गरेकोजस्तै रुपमा लिन शोधकर्ताले आग्रह गरेका छन् । जसरी आर्थिक रुपमा सवल हुन बचत गरिन्छ, त्यसैगरी मानसिक रुपमा सबल हुन प्रकृतिसँग निकट हुन सोधकर्ताले सुझाव दिएका छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology