Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

यसरी बनाऔं घरमै सुकुटी 

यसरी बनाऔं घरमै सुकुटी 

  • 134
    SHARES
  • यसरी बनाऔं घरमै सुकुटी 

    काठमाडौं । मासुको सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ । 

    आवश्यक सामग्री
    बफ, मटन तथा चिकेनको मासु 
    आवश्यकताअनुसार तेल
    पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
    बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
    लसुन अदुवाको पेस्ट

    मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । 

    आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने । तातो भाँडामा तेल राखेर प्याज हालेर खैरो हुनेगरी भुट्ने । त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन । गरम मसला पालैपालो हालेर चलाउने । यो मिश्रण डढ्न दिन हुँदैन । त्यसैले आगो सानो पार्ने । त्यसपछि काटेर राखेको सुकुटीलाई हालेर राम्ररी चलाउने । 

    स्वाद मन पराउनेले टमाटर काटेर राख्न पनि सकिन्छ । मासुलाई केहीबेर छोपेपछि त्यसमा मिट मसला थोरै राखेर काटेको हरियो धनियाँ छर्केपछि सुकुटी खानका लागि तयार हुन्छ ।

  • सम्बन्धित विषय:

  • # सुकुटी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology