Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतमा कोरोना संक्रमितकाे संख्या घट्दाे

भारतमा कोरोना संक्रमितकाे संख्या घट्दाे

  • 406
    SHARES
  • भारतमा  कोरोना संक्रमितकाे संख्या घट्दाे

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा १५ हजार ८२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँ बितेका ५ दिनयता लगातार २० हजारभन्दा कम व्यक्तिमा संक्रमण पुष्टि भइरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २२ हजार ८४४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यहाँ दैनिक सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २ लाख ७ हजार ६५३ जना रहेको छ । 

    images

    हालसम्म भारतमा ३ करोड ३३ लाख ४२ हजार ९०१ जना संक्रमणमुक्त भएका छन् । घट्दो क्रममा रहेको संक्रमणदरलाई नियाल्दै भाइरस संक्रमणको  स्थितिमा पहिलेभन्दा धेरै सुधार भएको स्वास्थ्य विशेषज्ञले जनाएका छन् । हालसम्म यहाँ ९६ करोड ४३ लाख कोरोनाविरुद्धको खोप लगाइएको छ । यस महिनाको अन्तिमसम्म भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ अरबभन्दा बढी रहने मन्त्रालयको भनाई छ ।

    कोरोनाविरुद्धको खोपलाई तिव्रताकासाथ अगाडि बढाउँदा संक्रमण नियन्त्रणमा उत्साह थपिएको मन्त्रालयले जनाएको छ । यसकासाथै यस वर्षको अन्तिमसम्म भारतीय सरकारले सबै वयस्क व्यक्तिहरुलाई भाइरसविरुद्धको खोप लगाइसक्ने जनाएको छ । भारतमा कोरोनाविरुद्धको खोप अभियान १५ जनवरी २०२१ देखि सुरु भएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology