Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

दसैं सम्झनाः न ढोलक बज्यो, नत दसैंको रौनक नै छ 

दसैं सम्झनाः न ढोलक बज्यो, नत दसैंको रौनक नै छ 

  • 67
    SHARES
  • दसैं सम्झनाः न ढोलक बज्यो, नत दसैंको रौनक नै छ 

    सप्तरी । ‘दसैं लागेको सूचना दिन घटस्थापनाको दिनमा गाउँभरिका घरमा ढोलक बज्थे । ढोलकको आवाजले गाउँभरि दसैंको रौनक ल्याउथ्यो । तर पछिल्लो समय ढोलक नै हराएको छ,’ राजविराज–७ का ४० वर्षीय सुभाष देवले बताए ।

    २०६२/०६३ सालको मधेस आन्दोलनले पहिचानको अधिकार मागेसँगै दसैंमा अनिवार्य ढोलक बजाउने चलन उन्मुलन नै भयो । तराईको राम (चमार) समुदायले ढोलक बजाउँदै आए पनि त्यहीँ आन्दोलनपछि सामूहिक रुपमा ढोलक बजाउन भने छोडेका छन् ।

    राजविराज–७ कि ६५ वर्षीया राजु देवी उपाध्यायले पनि केही वर्षयता दसैंमा ढोलकको आवाज नसुनेको बताइन । ‘घटस्थापनादेखि नै ढोलक बज्थ्यो । नवरात्रिभरी ढोलक बजाएपछि विजया दशमीको दिन ढोलहा (ढोलक बजाउने) लाई घरधनीले पैसा, चापल जे सक्थे दिन्थे,’ उनले भनिन्, ‘अचेल त न ढोलक बज्छ न दसैं नै रमाइलो लाग्छ ।’ 

    उपाध्यायले त्यति बेलाको दसैंको रौनक नै अर्कै भएको बताइन । उनले भनिन्, ‘परिवारका सदस्य, आफन्त सबै भेला भएर सुख दुःखका कुरा हुन्थे । छिमेकीहरू पनि परिवारकै सदस्य जस्तो लाग्थ्यो । तर अहिले त जो जहाँ छन् त्यहीँ दसैं मनाउन थाले ।’ 

    अहिले त आफ्नै परिवारका सदस्य पनि एकै ठाउँमा बसेर दसैं मनाउन नचाहने ६० वर्षीया राधिका शाहले बताइन । बाहिरबाट कोही आए पनि घरभित्रै कोठामा मोबाइलमा व्यस्त हुने उनको भनाइ छ । उनले भनिन्, ‘कसैलाई कसैसँग मतलब नै छैन । न त रमझम छ, न त खुसी नै छ ।’

    राजविराज नगरपालिका–१६ कि ५५ वर्षीया विमला देवले पनि पहिले जस्तो एक अर्काप्रति माया, स्नेह हराएको बताइन । ‘आफ्नोपन नभएकोले चाडपर्व खल्लो हुनु स्वभाविकै हो ।’ समय परिवर्तन भएसँगै यस्तो भए पनि पहिले पहिले दसैको आन्नद अर्कै रहेको देवको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology