Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

संसारभर आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइँदै

संसारभर आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइँदै

  • 398
    SHARES
  • संसारभर आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइँदै

    काठमाडौं । आज १३ अक्टोबर अर्थात् विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । आज संसारभर विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइँदै छ ।

    images

    सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जनचेतना अभिवृद्धिका लागि यस दिवसको सुरुवात गरेको थियो ।

    विश्वभर वर्षेनी प्राकृतिक प्रकोपकै कारण लाखौंले ज्यान गुमाउने गरेका छन् भने अबौं डलर बराबरको भौतीक क्षती हुने गरेको छ । प्राकृतिक विपत्तिलाई हामीले रोक्न नसकेपनि यसबाट हुने क्षतिलाई भने कम गर्न सकिन्छ । 

    कतिपय प्राकृतिक विपत्ति मानिसकै लापरबाहिले पनि निम्तिने भएकाले त्यसतर्फ पनि हामी सजग हुन जरुरी छ । समुद्र तथा नदी छेउछाउ कुनै पनि संरचना बनाउँदा संभावित विपत्तिलाई ध्यानमा राखेर बनाउँदा प्रकृतिक विपत्तिबाट हामी बच्नसक्छौँ । सहरीकण गर्दा लामो समयसम्मको लागि स्थायीत्व हुने गरी संरचना बनाउँदा पनि धेरैहदसम्म प्रकृतिक प्रकोपको क्षतिलाई कम गर्न सकिन्छ ।

    २०७२ सालको भूकम्पमा पनि यीने कुरालाई ध्यान नदिँदा हामीले धेरै क्षति बेहोर्नु परेको थियो । त्यस्तै सन् २०११ मा जापानमा गएको भूकम्प तथा सुनामीका कारण समुद्रछेउका बस्तिमा धेरै क्षति भएको थियो । 

    प्राकृृतिक प्रकोप एउटा निरन्तरको प्रकृया भएकोले यसलाई हामी केही गर्न सक्दैनौँ तर, हुनसक्ने प्रकोपबाट भने कसरी बच्न सकिन्छ भनेर अगाडीनै सतर्कता अपनाउन सकिन्छ ।

    पछिल्लो समय संसारभर बढीरहेको अव्यवस्थीत सहरीकरणले मानव अस्तिवलाई संकटमा पारेको छ । यदी बेलैमा सबै जना यसप्रति सजग नहुने हो भने मानव सभ्यताले ठूलै क्षति बेहोर्नुपर्ने निश्चित छ । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology