Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कार्यकर्तासँग दसैँको शुभकामना आदान–प्रदान भेटघाट गर्ने होः राजकिशोर यादव

कार्यकर्तासँग दसैँको शुभकामना आदान–प्रदान भेटघाट गर्ने होः राजकिशोर यादव

  • 484
    SHARES
  • कार्यकर्तासँग दसैँको शुभकामना आदान–प्रदान भेटघाट गर्ने होः राजकिशोर यादव

    काठमाडौं  । म दसैँमा अलि पूजापाठमा समय बिताउँछु । यसपालि राजनीतिक दौडधूप चलिरहेको छ । तथापि म ध्यान, जपमा केन्द्रित छु ।

    images

    यसो फुर्सद भएको बेला कुनै पुरानो किताब हातमा पर्‍यो भने पढ्छु । घटस्थापनादेखि नियमित पूजापाठ गरिरहेको छु । यो पालि दसैँ जिल्लामै हुन्छ । निर्वाचन क्षेत्रमा समय बिताउने योजना बनाएको छु । अलिकति कार्यकर्ताको बीचमा गएर दसैँको शुभकामना आदानप्रदान र भेटघाट गर्ने हो ।

    यो पालि हाम्रो टीका हुँदैन । ‍टीका नभए पनि कार्यकर्ताहरू परिवार भएकाले उनीहरूको बीचमा हामी हुन्छौं । मेरो दशैं यसरी नै बित्छ । दसैँ शक्ति सञ्चय गर्ने अवसर हो । भागदौड जिन्दगीमा बसेर आफ्नो बारेमा जीवन जगत के गरेको छु आत्ममूल्यांकन, अध्ययन गर्ने मौका पनि हो ।

    बाहिर भएकालाई परिवार भेट्ने अवसर पनि हो । चाडपर्वले भाइचारा र परिवारको महत्व पनि सम्झाउँछ । सकारात्मक उर्जा दिन्छ । परिवारलाई बाँधेर राख्ने नेपालीको मौलिकता, परिवारमा ज्येष्ठ नागरिकको महत्व, परिवार जोड्ने कडीको रूपमा पनि यसलाई बुझ्न सकिन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology