Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

जुम्लामा एउटै भेडाको मुल्य ४५ हजार

जुम्लामा एउटै भेडाको मुल्य ४५ हजार

  • 68
    SHARES
  • जुम्लामा एउटै भेडाको मुल्य ४५ हजार

    जुम्ला । जुम्लामा यसवर्षको दसैंमा भेडाको मुल्य आकाशियको छ । यहाँ एउटै भेडा ४५ हजार रुपैयाँ सम्ममा बिक्री भएको छ । पशु अस्पताल तथा  पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन् । यस वर्ष जुम्ला ल्याएका भेडा बाजुरा, जाजरकोट लगायत जिल्लाका हुन् । 

    जुम्लाका भेडा व्यवपारी  प्रेम कार्कीका अनुसार  यसवर्ष  जुम्लामा  ल्याइएका भेडा बाजुराका हुन् ।  जुम्लामा भेडा नपाएपछि बाजुरा पुगेर ल्याएको उनले बताए । जुम्लामा मासुको माग बढ्दै जानु, तर उत्पादन नहुनुले  भेडाको मुल्य आकाशिएको हो । अहिले जुम्लामा एक किलो मासुको एक हजार रुपैयाँ पर्न थालेको छ । 

    कर्णाली प्रदेश सरकारले पनि जुम्लालाई मासु र दुधमा आत्मानिर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ । तर सरकारी रकम सक्नका लागि अरुकै भेडा देखाएर अनुदान खाने  प्रवृत्तिका कारण  पशुवस्तु क्षेत्रको उत्पादन भने अनुसार वृद्धि नभएको नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । उनले भने, ‘अनुदान दिइन्छ त्यसपछि अनुगमन हुँदैन । सरकारले दिने अनुदानका कार्यक्रममा कडा निगरानी हुन आवश्यक छ ।’ 

    पशु अस्पताल तथा  पशु सेवा कार्यालयका प्रमुख गोविन्द महतका अनुसार जुम्लामा आवश्यकताभन्दा बढी भेडा भित्रिएका छन् । ‘विगतका दसैँमा भेडा पाउन नागरिकलाई हाम्मे हाम्मे हुने गर्थ्यो ।  तर यस वर्ष धेरै भेडा  भित्रिए ।’ उनले भने, ‘मुल्यले चाहीँ ३०-४० प्रतिशत बढेको छ।’ अहिले जुम्लामा  जिउँदो खसीको मूल्य प्रतिकेजी एक हजार रुपैयाँ छ । उनले भने, ‘त्यहीँ भएर पनि मुल्य नियन्त्रण भन्दा बाहिर छ । भेडा तथा खसीको मुल्य निर्धारण गर्ने अधिकार  स्थानीय तहसँग छ ।  स्थानीय तह मौन हुँदा मूल्य निर्धारण हुन सकेको छैन ।’

    व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी-बोका ओसारपसार गर्न, मुल्य अनियन्त्रित नगर्न समेत निर्देशन दिने निकाय नै बेखबर भएपछि यसवर्ष भेडाको मुल्य बढेको स्थानीय भैरबहादुर कठायतले बताए । उनका अनुसार जुम्लामा भित्रिएका भेडा सामान्य नागरिकले  किन्न सक्ने मुल्यका छैनन् । यसअघिका वर्षमा २० हजारमा पाइने भेडा यसवर्ष ४५ हजार तिर्नुपरेको उनको भनाइ छ । जुम्लामा फूलपातीको दिनमा धेरै भेडा बिक्री हुने गर्छ । यस्तै अष्टमीको दिनमा पनि भेडा बिक्री हुने गरेको छ । 

  • सम्बन्धित विषय:

  • # दसैं

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology