Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इरफानको भूमिका विक्कीलाई

इरफानको भूमिका विक्कीलाई

  • 542
    SHARES
  • इरफानको भूमिका विक्कीलाई

    काठमाडौं । सुजित सरकारले बलिउडमा निर्देशकका रुपमा आफ्नो छुटै पहिचान बनाइसकेका छन् । सुजितले विक्की डोनर, मद्रास क्याफे, पिंक, अक्टोबर, पिकु जस्ता फिल्म निर्देशन गरिसकेका छन् । नेशनल अवार्ड विजेता सुजितले यसपटक जलियावाल बागको घटनामा आधारित रहेर फिल्म निर्देशन गरेका छन् ।

    images

    उक्त घटनाको बदला लिने सरदार उद्धम सिंहको जीवनीमा आधारित रहेर उनले ‘सरदार उद्धम’ फिल्म निर्देशन गरेका छन् । सरदार उद्धम सिंहको भूमिकामा सुजितले इरफान खानलाई अफर गरेका थिए । पिकुमा काम गरेपछि इरफानको अभिनयसँग प्रभावित सुजितले उनलाई स्टोरी समेत सुनाएका थिए । यद्यपि, इरफानले यो संसार छाडेर गएपछि उनले विक्की कौशललाई भूमिका दिएका हुन्  ।

    ‘इरफान मेरो लागि बेस्ट थिए तर उनी अब छैनन्’ सुजितले भने ‘यद्यपि, विक्कीले पनि आफुलाई शसक्त रुपमै अगाडी सारेका छन् ।’ यस्तै अभिनेता विक्की कौशलले पनि इरफानले गर्ने भूमिका गर्न पाउँदा खुशी व्यक्त गरे । ‘इरफान सरले गर्ने भूमिका त मैले गर्न सकेको छैन यद्यपि, कोशीश भने गरेको छु’ विक्कीले भने । उनले आफु इरफानले निर्वाह गर्ने भूमिकाको फ्यान रहेको बताए । 

    'उनको अभिनय क्षमताको तारिफ म शब्दमा गर्न सक्दिनु उनले भने ,'मैले उहाँबाट धेरै सिकेको छुँ ।'महात्मा गांधीले रॉलेट एक्ट विरुद्ध देशव्यापी हड़तालको आह्वान गरेका थिए । त्यसको प्रभावस्वरूप मार्च र अप्रिलको शुरुआतमा धेरै स्थानमा प्रदर्शन भए । त्यसैको फलस्वरूप  १३ अप्रिल १९१९ मा पन्जाबमा घटना भयो ।  जहाँ १२०० को मृत्यु भएको बताएको छ भने ३६ सय बढी घाइते भएका थिए ।  जनरल डायर नामक अंग्रेजका अफिसरले प्रदर्शन भइरहेको भिडमा गोलि चलाएपछि उक्त घटना घटेको बताइको छ । 

  • सम्बन्धित विषय:

  • # इरफान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology