Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

दसैँकाे पारिवारिक भेटघाट र घुमघामको योजना छ : मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ

दसैँकाे पारिवारिक भेटघाट र घुमघामको योजना छ : मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ

  • 747
    SHARES
  • दसैँकाे पारिवारिक भेटघाट र घुमघामको योजना छ : मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ

    काठमाडौं । दशैँ स्याङ्जास्थित घरमै हुन्छ । बुवाआमाबाट टिका लगाउँछु । शुभचिन्तकलाई टिका लगाइदिन्छु ।

    images

    टिकाको भोलिपल्ट कार्यक्षेत्रमा फर्किन्छु । यसपालि पारिवारिक भेटघाट र जिल्लामै घुमघामको योजना छ । दशैँको छुट्टिलाई मैले अध्ययनको रुपमा उपयोग गर्ने सोंचेको छु । यसपालि दुइटा अध्ययन गरिरहेको छु ।

    एउटा चेञ्च मेकर भनेर जुडियसरी वेलविइङमा । अष्ट्रेलियाको भिक्टरियाको कलेजबाट शब्द पाएको छु । त्यसमा अध्ययन खोजी गरिरहेको छु । यो शब्दलाई न्यायिक स्वास्थ्य भनेर नेपालीमा भनेको छु ।

    मानव स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने भनेझै जुडिसियरीलाई कसरी स्वस्थ बनाउने भन्ने अध्ययनमा लागेको छु । दशैँले विशेषत:हामीलाई सत्यको विजय भन्ने परम्परागत मान्यता छ । हामीलाई सत्य निष्ठाप्रतिकोहाम्रो प्रतिबद्धता राम्रो कसरी गर्न सकिन्छ भनेर शुभकामना, आशिर्वाद आदानप्रदान गर्ने हो ।

    (श्रेष्ठ विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश हुन् ।) फाइल तस्बिर । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology