Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पहिलो हाफमा बंगलादेशलाई १-० को अग्रता

पहिलो हाफमा बंगलादेशलाई १-० को अग्रता

  • 470
    SHARES
  • पहिलो हाफमा बंगलादेशलाई १-० को अग्रता

    काठमाडौं । पुरुष साफ च्याम्पियनसिपअन्तर्गत सिंगल राउण्ड रोबिनको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

    images

    माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको खेल सकिँदा बंगलादेशले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ । 

    बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका हुन् ।  कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । 

    यस अघि खेलको १५ मिनेटमा नेपालले गोलको मौका गुमायो । आयुष घलानले उपलब्ध गराएको बललाई सिक्स यार्ड बक्सबाट मिडफिल्डर रोहित चन्दले क्रसबार माथि प्रहार गरे । 

    आज बंगलादेशविरुद्ध नेपालले जित वा बराबर गरे साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल स्थान बनाउने छ । नेपालको हारले भने बंगलादेश फाइनल पुग्नेछ । 

    सन् १९९३ बाट सुरु भएको साफको १३ औं संस्करण आईपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन । 

    नेपालको सुरुवाती –११
    गोलरक्षक – किरण कुमार लिम्बु
    डिफेण्डर – गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, सुजल श्रेष्ठ
    मिडफिल्डर – रोहित चन्द, तेज तामाङ, विशाल राई
    स्ट्राइकर – आयुष घलान , अन्जन बिष्ट, नवयुग श्रेष्ठ

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology