Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

९० वर्षीय बुबासँग बसेर दसैँ मनाउँछु: न्यायाधीश नहकुल सुवेदी

९० वर्षीय बुबासँग बसेर दसैँ मनाउँछु: न्यायाधीश नहकुल सुवेदी

  • 60
    SHARES
  • ९० वर्षीय बुबासँग बसेर दसैँ मनाउँछु:  न्यायाधीश नहकुल सुवेदी

    मेरो टिका म्याग्दीमा हुन्छ । म्याग्दीको रघुगंगा गाउँपालिका-३ राखुमा ९० वर्षको पिता हुनुहुन्छ ।

    उहाँबाट, काका, दाइभाउजुहरु टिका ग्रहण गर्छु । शुभचिन्तक आफूभन्दा सानोलाई टीका लगाइदिने, आशिर्वाद दिने गर्छु । घोडेपानी, टोड्केजस्ता धार्मिक पर्यटकीय क्षेत्रमा भ्याएसम्म घुमघाम गर्छु ।

    बाटोमा पर्ने मठमन्दिरहरु दर्शन भइहाल्यो । घरमा पिताजीसँग बस्ने बाहेक अरु त्यस्तो केही योजना छैन । फिक्सनहरु एकदुइटा किताब पढ्ने योजना छ । फेरि घरमा दाजुभाई भेट हुने हुन्छ ।

    घरमा नजाँदा छुट्टिमा अलि धेरै पढाई हुन्छ । एक दुई किताब जहिले साथमा हुन्छ । दशैँको धार्मिक, सामाजिक, सांस्कृतिक महत्व छ । एकता सद्भाव कायम गराउँछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology