Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

संस्कृतिकाे जगेर्ना गर्न पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माण

संस्कृतिकाे जगेर्ना गर्न पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माण

  • 65
    SHARES
  • संस्कृतिकाे जगेर्ना गर्न पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माण

    ताप्लेजुङ । लिम्बू समूदायहरुको सांस्कृति जगेर्ना गर्नका लागि ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा (च्याब्रुङ स्तम्भ) मुक्कुमलुङ केःलाङ निवासो निर्माण गरिएको हो ।

    लिम्बू (याक्थुङ) समुदायको ऐतिहासिक सांस्कृतिक बाजाको रुपमा रहेको च्याब्रुङको स्तम्भ निर्माण गरिएको हो । लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने तथा च्याब्रुङ (केः) को प्रचारप्रसार गर्ने उद्देश्यले मुक्कुमलुङ परिसरमा स्तम्भ निर्माण गरिएको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका राष्ट्रिय सदस्य बालचन्द्र आङ्बुहाङले बताए ।

    लिम्बू जातीहरुले शुभकार्यमा च्याब्रुङ बजाए नाच्ने गर्दछ । जन्म, विवहा, घर पैचो लगाय शुभकार्यमा लिम्बू जातिका कालाकारहरु  च्याब्रुङ बजाएर नाच्ने गर्दछ ।

    स्तम्भ निर्माण समितिका सचिवसमेत रहेका आङ्बुहाङका अनुसार च्याब्रुङ स्तम्भमा कियाचु जापान शाखाले पठाएको २७ लाख रुपैयाँ बढी आर्थिक लगानी भएको छ । तीन हजार ७९४ मिटरको उचाइ रहेको पाथीभरा परिसरमा निर्माण गरिएको च्याब्रुङको प्रतिमा स्तम्भले लिम्बू समुदायको सांस्कृतिक पहिचानको जगेर्ना गर्नमा सहयोग पुग्ने अपेक्षा राखिएको किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।

    पाथीभराको दर्शन गर्न देश विदेशबाट आउने भक्तजनले स्तम्भको अवलोकन गर्ने र च्याब्रुङबारे प्रचारप्रसारमा टेवा पुग्नसक्ने किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी सचिव इन्दिरा मेन्याङ्बोले बताए । भर्खरै निर्माण सम्पन्न गरिएको सो च्याब्रुङ स्तम्भको किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम एक्तेनले अनावरण गरे ।

    एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माणले लिम्बूको संस्कृति संरक्षण साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने एक्तेनले बताए । यता पाथीभरा परिसरमा निर्माण भएको च्याब्रुङ स्तम्भको देवीको दर्शनमा आउने भक्तजनले अवलोकन गर्ने गरेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology