Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

मासुको विषयमा विवाद हुँदा बुबाले गरे छोराको हत्या

मासुको विषयमा विवाद हुँदा बुबाले गरे छोराको हत्या

  • 83
    SHARES
  • मासुको विषयमा विवाद हुँदा बुबाले गरे छोराको हत्या

    सल्यान । मासुको विषयमा विवाद हुँदा बाबुले धारिलो हतियारले प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

    घरमा दसैँको मासुको विषयमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।  

    मंगलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ । प्रहरीले हत्या आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

  • सम्बन्धित विषय:

  • # हत्या

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology