Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना 

भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना 

  • 77
    SHARES
  • भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना 

    नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह बिरामी भएर बुधबार अस्पताल भर्ना भएका छन् । स्वाशप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । बिरामी भएपछि उनलाई अल इन्डिया इन्स्टीच्युट आफ मेडिकल साइन्सेज (एम्स) मा भर्ना गरिएको हो ।

    डा.सिंहको स्वास्थ्य जाँचका लािग एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाको अध्यक्षतामा बोर्ड गठन गरेको छ । सिंह भारतमा सन् २००४ देखि २०१४ सम्म लगातार दश वर्ष प्रधानमन्त्री थिए ।

    ८९ वर्षीय सिंह यसै वर्ष कोरोना भाइरसबाट संक्रमित पनि भएका थिए । गत १९ अप्रिलमा कोरोना संक्रमित भएका सिंहलाई एम्सकै ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । १० दिनमा कोरोनामुक्त भएर उनी डिस्चार्ज भएका थिए । सुगरका समेत बिरामी रहेका सिंहको बाइपास सर्जरी भइसकेको छ ।    

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology