Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाले दिए बधाई

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाले दिए बधाई

  • 462
    SHARES
  • नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाले दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । 

    images

    नेपालले बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । 

    नेपाल फाइनलमा पुगे लगत्तै साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरबाट नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन गरेका छन् । 

    ट्वीटमा देउवाले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology