Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयो

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयो

  • 585
    SHARES
  • जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयो

    जनकपुरधाम । बलिको विरोध भइरहँदा दा पनि जनकपुरधामको प्रसिद्ध राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएको छ । बुधबार राति ८ बजे ५ मिनेटमा सुरु भएको बलि दिइने कार्यक्रममा बिहीबार बिहान साढे ३ बजेसम्म चलेको थियो । राजदेवी मेला समितिका अनुसार यसवर्ष दशैको महाअष्टमीमा राजदेवि मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएको छ ।

    गतवर्ष कोरोना महामारीका कारण ८ हजार ९६८ वटा मात्रै बोका बलि प्रदान गरिएको थियो ।  बोका बलि दिन नेपाल तथा छिमेकी मुलुक भारतका श्रद्धालु भक्जनहरूको आएका थिए । गतवर्ष कोरोना महामारीका कारण सीमावर्ती क्षेत्र र ग्रामीण क्षेत्रबाट न्यून संख्यामा श्रद्धालु भक्तजनहरू आएका थिए ।  दसैँको घटस्थापनादेखि नै जनकपुरधामका राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरुको पूजापाठ हुँदै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij