Logo

२०७८, मंसिर १३ गते सोमवार

२०७८, मंसिर १३ गते सोमवार

भोजपुरका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई ८ हजार मात्रै तलब

भोजपुरका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई ८ हजार मात्रै तलब

  • 867
    SHARES
  • भोजपुरका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई ८ हजार मात्रै तलब

    काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई ८ हजार मात्रै तलब दिएको छ ।

    संघीय सरकारले निर्धारण गरेको ८ हजार रुपैयाँ मात्रै पालिकाले दिएको हो । मासिकरूपमा न्युनतम १५ हजार पुर्याउनु पर्ने माग गर्दै पालिकाभित्रका शिक्षक र कर्मचारी आन्दोलित भएका छन् ।

    पालिकाले भने उनीहरूको माग बेवास्ता गरेको छ । आर्थिकरूपमा पालिका कमजोर भएकाले तलब बढाउन नसकिएको पालिकाले जनाएको छ । 

    स्याङ्जाको हरिनास गाउँपालिकाले भने  शिक्षक र विद्यालय कर्मचारीको तलब बढाएको छ । संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा थप गरेर गाउँपालिकाले इसीडी शिक्षकको मासिक तलब १६ हजार पुर्याएको छ ।

    त्यस्तै कैलालीको घोडाघोडी नगरपालिकाले पनि शिक्षक र कर्मचारीलाई १५ हजार तलब दिएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology