Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गैंडाको खागसहित कोहलपुरबाट दुईजना पक्राउ 

गैंडाको खागसहित कोहलपुरबाट दुईजना पक्राउ 

  • चैत्र ६, २०७७ शुक्रवार १६:०७ बजे
  • 778
    SHARES
  • गैंडाको खागसहित कोहलपुरबाट दुईजना पक्राउ 

    काठमाडौं । कोहलपुर नगरपालिका–११ बाट गैंडाको त्रिभुज आकारको दुई थान खागसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    वन्यजन्तु चोरी तस्करीमा संलग्न गिरोह भएको सूचनाका आधारमा जाँच गर्दा प्रहरीले दुईजनालाई गैंडाको खागसहित पक्राउ गर्न सफल भएको हो ।

    पक्राउ पर्नेमा नवलपरासी जिल्लाको बुलिङ्टार गाउँपालिका–२ का ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली जिल्लाको ग्यङ्लेख गाउँपालिका–५ का ३४ वर्षीय सुरेश सिजाली रहेको प्रहरीले जनाएको छ ।

    khag.jpg

    बरामद भएकाे गैंडाकाे खाग

    उनीहरु लामो समयदेखि वन्यजन्तु चोरी तस्करीमा संलग्न रहेको सूचनाको आधारमा खोजी गर्दा प्रमाणसहित पक्राउ परेका हुन् । पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि बरामद सामानसहित वन कार्यालयमा बुझाइने कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

    गैंडाको खागमा सुनजस्तो पहेंलो धातु टाँसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । डिएसपी खनालले गैंडाको खाग एक करोडमा बिक्री गर्ने तयारी भएको जानकारीमा आएको बताए । 

    हिजोमात्र कोहलपुर प्रहरीले भालुको पित्त, कस्तुरीको बीना र रेडपाण्डाको छालासहित तीनजनालाई पक्राउ गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # गैंडा
  • # खाग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij