Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

महिला हिंसाविरूद्ध सुरक्षित चेली अभियान सुरु

महिला हिंसाविरूद्ध सुरक्षित चेली अभियान सुरु

  • चैत्र ६, २०७७ शुक्रवार १६:५९ बजे
  • 573
    SHARES
  • महिला हिंसाविरूद्ध सुरक्षित चेली अभियान सुरु

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान सुरु भएको छ । 

    images

    लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आजदेखि सो अभियान सुरु गरेको हो । 

    सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै जिल्लामा अपराधको संख्यामा पनि वृद्धि हुँदै गएको बताइएको हो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले महिलामाथि हुने हिंसा, बलात्कारका घटना बढिरहेको बताए ।

    ‘बलात्कार, हिंसाका घटनाको पछाडि सामाजिक सञ्जाल र मादकपदार्थ दुव्र्यसन प्रमुख कारण बनेको देखिन्छ’ उनले भने, ‘यसको न्यूनीकरणका लागि नेपाल प्रहरीलाई समाजको सहयोग आवश्यक हुन्छ ।’ उनले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाघामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सामाजिक सञ्जालको गलत प्रचारबाजी र तत्कालीन प्रहरी कर्मचारीको कामप्रतिको लगनशीलतामा देखिएको कमिका कारण घटना जटिल बनेको दाबी गरे । 

  • सम्बन्धित विषय:

  • # महिला हिंसा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology