Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गिदेरी खोलामा डुबेर बालकको ज्यान गयो

गिदेरी खोलामा डुबेर बालकको ज्यान गयो

  • कार्तिक २, २०७८ मंगलवार ०८:४५ बजे
  • 414
    SHARES
  • गिदेरी खोलामा डुबेर बालकको ज्यान गयो

    उदयपुर ।  उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा डुबेर २ वर्षिय बालकको ज्यान गएको छ । बेलका नगरपालिका– २ शान्ति नगर टोलका बिश्वनाथ चन्द्रबंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशी आइतबार दिउँसो घरबाट हराएका थिए । 

    सोमबार दिउँसो मृतककै दाजु सुमन चन्द्रबंशीले गिदेरी खोलामा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरि बालकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान  पठाएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij