Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु

बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु

  • 433
    SHARES
  • बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु

    सुर्खेत । सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका-७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा  घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो । घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।  

    कर्णाली राजमार्ग अबरुद्ध 
    वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका -१ को जितेगडामा  दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij