Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तलब नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित, स्थानीय तह मौन

तलब नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित, स्थानीय तह मौन

  • 1.4K
    SHARES
  • तलब नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित, स्थानीय तह मौन

    काठमाडौं । स्थानीय तहले तलब नदिएपछि प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी गत साउनदेखि निरन्तर आन्दोलनमा छन् ।

    images

    आर्थिक वर्ष २०७८/७९ को बजेटमा संघीय सरकारले शिक्षक र विद्यालय कर्मचारीको न्युनतम मासिक तलब १५ हजार पुर्‍याउन निर्देशन दिएको थियो तर स्थानीय तहले संघीय सरकारको उक्त निर्देशन अटेर गरेका हुन् ।

    संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा ७ हजार थप गरी १५ हजार तलब दिनुपर्ने एक सूत्रीय माग राखेर शिक्षक र विद्यालय कर्मचारीले स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझाए पनि स्थानीय तह भने मौन रहेको शिक्षक र कर्मचारी बताउँछन् ।

    इसीडी शिक्षकले तलब पाएनौं भनेर मुद्दा हाले हुन्छ: उद्धवप्रसाद खरेल, मेयर बूढानिलकण्ठ नगरपालिका [अन्तर्वार्ता] इसीडी शिक्षकले तलब पाएनौं भनेर मुद्दा हाले हुन्छ: उद्धवप्रसाद खरेल, मेयर बूढानिलकण्ठ नगरपालिका [अन्तर्वार्ता]

    सिरहाको धनगढीमाई नगरपालिकाका शिक्षक र कर्मचारीले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन नभएको शिक्षक पुनम यादव बताउँछिन् । ‘ज्ञापनपत्र बुझाउँदा तलब बढाउने आश्वासन दिए पनि अहिलेसम्म बढेको तलब पाएका छैनौं,’ उनी भन्छिन् । तर सिरहाकै औरही नगरपालिकाले भने शिक्षक र कर्मचारीलाई मासिक १५ हजार तलब दिएको छ ।

    त्यसैगरी सुनसरीस्थित इनरुवा नगरपालिकाले पनि शिक्षक र कर्मचारीलाई तलब दिएको छैन । गत असार २४ गतेदेखि शिक्षक र कर्मचारीले पालिकासमक्ष निरन्तर ध्यानाकर्षण गराउँदा पनि तलब नपाएको आन्दोलन समितिकी संयोजक सोनु राना मगरले जानकारी दिइन् ।

    उनीहरूले दसैँ अगाडि तेस्रो चरणसम्मको आन्दोलन गरेका थिए । दसैँका कारण आन्दोलन स्थगित भएको थियो । अब छिट्टै आन्दोलन सुरु गर्ने संयोजक मगरको भनाइ छ । ‘दसैँका कारण हामीले आन्दोलन स्थगित गरेका हौं,’ उनले भनिन्, ‘दसैँ सकियो । अब छिट्टौ सुरु गर्छौं ।’   

    भोजपुरको आमचोक गाउँपालिकाले पनि इसीडी शिक्षक र कर्मचारीलाई ८ हजार मात्रै तलब दिएको छ । संघीय सरकारले निर्धारण गरेको ८ हजार रुपैयाँ मात्रै पालिकाले दिएको हो ।

    इच्छाशक्ति भए इसीडी शिक्षकलाई तलब थप गर्न सकिन्छ: महेन्द्र महतो, गाउँपालिका अध्यक्ष [अन्तर्वार्ता]  इच्छाशक्ति भए इसीडी शिक्षकलाई तलब थप गर्न सकिन्छ: महेन्द्र महतो, गाउँपालिका अध्यक्ष [अन्तर्वार्ता] 

    स्याङ्जाको हरिनास गाउँपालिकाले भने  शिक्षक र विद्यालय कर्मचारीको तलब बढाएको छ । संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा थप गरेर गाउँपालिकाले इसीडी शिक्षकको मासिक तलब १६ हजार पुर्याएको छ । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिकाले पनि शिक्षक र कर्मचारीलाई १५ हजार तलब दिएको छ ।

    स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक [अन्तर्वार्ता] स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक [अन्तर्वार्ता]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology