Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

च्याम्पियन्स लिगमा इन्टरको पहिलो जित 

च्याम्पियन्स लिगमा इन्टरको पहिलो जित 

  • कार्तिक ३, २०७८ बुधवार ०८:५२ बजे
  • 425
    SHARES
  • च्याम्पियन्स लिगमा इन्टरको पहिलो जित 

    काठमाडौं । इटालियन क्लब इन्टर मिलानले यूईएफए च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी सेरिफलाई ३–१ गोल अन्तरले पराजित गर्दै इन्टरले पहिलो जित निकालेको हो ।

    घरेलु मैदानमा खेलको ३४ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५८ औं मिनेटमा अर्टुरो भिडालले गोल गर्दा इन्टरले २–१ को अग्रता बनायो ।

    त्यसपछि खेलको ६७ औं मिनेटमा स्टेफेन डी भिर्जले गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए । यस जितसँगै इन्टरले ३ खेलमा ४ अंक जोडेको छ । समूह डी को इन्टर तेस्रो स्थानमा रहेको छ । सेरिफ ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij