Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सनातन धर्मले नै मानवकल्याण गर्छ: स्वामी स्वरूपानन्द

सनातन धर्मले नै मानवकल्याण गर्छ: स्वामी स्वरूपानन्द

  • 421
    SHARES
  • सनातन धर्मले नै मानवकल्याण गर्छ: स्वामी स्वरूपानन्द

    सिद्धार्थनगर । भारतको पञ्जाबमा आयोजित गुरु नानकको ५५० औँ जन्मोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट प्रकाशित रु १०० को सिक्का र पशुपतिनाथका मूलपुजारी गणेश भट्टले प्रदान गरेको पशुपतिनाथको चन्दन लिएर सनातन संस्कृति समाजका संरक्षक १००८ स्वामी स्वरूपानन्द सरस्वती त्यसतर्फ जाने भएका छन् ।

    images

    नेपाल सरकारले निस्काशन गरेको रु १०० को सिक्काको एकातिर ‘ॐकार’ र अर्कातिर ‘नेपाल श्रीभवानी’ लेखिएको छ । जनस्तरको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले नेपालीको सन्देश लिएर उनी त्यसतर्फ जान लागेको उक्त समाजका उपाध्यक्ष धर्मराज बरालले बताए ।

    बेलहिया नाका हुँदै भारतको पञ्जाबतर्फ प्रस्थान गर्दै स्वरुपानन्दले पत्रकारसँगको कुराकानीमा भने, ‘विश्वमा शान्ति कायम गर्न धर्म अङ्गीकार गर्नुपर्छ । हामी सनातनीहरू सबैको एकताले नै विश्वमा शान्ति र सद्भाव कायम हुन्छ ।’

    धर्म जीवनको उन्नतिका लागि आवश्यक भए पनि  पछिल्लो समय धर्मभन्दा धनलाई जोड दिइएकामा चिन्ता व्यक्त गर्दै  उनले भने, ‘संसारमा सबै धर्म मनुष्यले बनाएका हुन् तर हिन्दू धर्म, सनातनी भएको र भगवानले नै सिर्जना गर्नुभएको हो । यसको न आदि छ न अन्त्य नै । यो अनादिसम्म चल्छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology