Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गोठमा लुकेर तास खेलिरहेका १९ जना नगदसहित पक्राउ

गोठमा लुकेर तास खेलिरहेका १९ जना नगदसहित पक्राउ

  • 528
    SHARES
  • गोठमा लुकेर तास खेलिरहेका १९ जना नगदसहित पक्राउ

    पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका-९ बाट बस्तु बाँध्ने गोठमा लुकिछिपी तास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट एक लाख ७१ हजार एक सय ३५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    images

    पर्सा जिल्लाको पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

    उक्त गोठमा जुवातास खेलिरहेको भन्ने सूचना पाएर अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले नगद, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, एक थान सादा चेकसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको  हो । उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology