Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र सञ्चार सेवा अवरुद्ध

ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र सञ्चार सेवा अवरुद्ध

  • 765
    SHARES
  • ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र सञ्चार सेवा अवरुद्ध

    ताप्लेजुङ । ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र मोबाइल सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूर सञ्चार सेवा अवरुद्ध बनेको छ । 

    images

    आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएका कारण दूर सञ्चार सेवा अवरुद्ध बनेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासले जानकारी दिए । 

    उनका अनुसार अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबरमा समस्या आएपछि सेवा अवरुद्ध बनेको हो । 

    इन्टरनेट अवरुद्धले बैंकिङमा सेवामा समेत समस्या आएको छ । इन्टरनेट नहुँदा वित्तीय कारोबार गर्नका लागि चेक बोकेर बैंकसम्म पुक्ने बैंकका सेवाग्राहीहरू रित्तो हात फर्कनु परेको ताप्लेजुङको चन्द्र बहादुर पन्दाकले बताए । 

    मोबाइल सेवा प्रदायक एनसेल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाईन र वर्डलिंकलगायतका सेवा पनि अबरुद्ध भएपछि बैंकिङ कारोबारमा समस्या आएको हो ।

    मोबाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजाआजा गर्न आउने तीर्थयात्रीहरू र विश्वको तेस्रो कञ्चनजंघा हिमालमा भ्रमण गर्न आउने पर्यटकहरूले समस्या खेप्नुपरेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology