Logo

२०७८, मंसिर १३ गते सोमवार

२०७८, मंसिर १३ गते सोमवार

एमालेले बोलायो केन्द्रीय समिति बैठक, त्यसअघि १० बुँदे कार्यान्वयन गरिसक्ने

एमालेले बोलायो केन्द्रीय समिति बैठक, त्यसअघि १० बुँदे कार्यान्वयन गरिसक्ने

  • 93
    SHARES
  • एमालेले बोलायो केन्द्रीय समिति  बैठक, त्यसअघि १० बुँदे कार्यान्वयन गरिसक्ने

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी १२ कात्तिकमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो ।

    राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस अगाडि ११ कात्तिकमा स्थायी कमिटी बस्नेछ ।

    आजको बैठकले केन्द्रीय कमिटीअगावै १० बुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय पनि गरेको छ ।

    'बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ', प्रवक्ता ज्ञवालीले भने ।

    ज्ञवालीले १२ कात्तिकसम्म १० बुँदे कार्यान्वयन भइसक्ने भने पनि कार्यदलका संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नहुने भनेको भन्दै संयोजकबाट राजीनामा दिइसकेका छन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology