Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

जनकपुर घटनाको विरोधमा इन्जिनियरहरूको विरोध प्रदर्शन

जनकपुर घटनाको विरोधमा इन्जिनियरहरूको विरोध प्रदर्शन

  • 723
    SHARES
  • जनकपुर घटनाको विरोधमा इन्जिनियरहरूको विरोध प्रदर्शन

    जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहामाथि गरिएको अमानवीय व्यवहार तथा हातपातको घटनाको विरोधमा कर्मचारीहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

    images

    नेपाल इन्जिनियर एसोसिएसन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामती कर्मचारीआधिकारिक ट्रेड युनियन, नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेसी डेमोक्रेटिक सोसाइटीले संयुक्त रूपमा घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।

    'निमित प्रमुख कुशवाहालाई न्याय देऊ, डा.सिके राउतलाई कारबाही गर', 'सिके राउतको इन्जिनियर दर्ता खारेज गर' भन्दै सयौँको संख्यामा प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

    आफैँ इन्जिनियर भएर इन्जिनियरलाई बदनाम तथा बेइज्जत गर्ने काम भएकाले राउतको इन्जिनियरको लाइसेन्स खारेजीको माग गरिएको नेपाल इन्जिनियर एसोसिएसन प्रदेश २ का अध्यक्ष नन्दकिशोर यादवले बताए ।

    उनले दोषीमाथि कडा कारवाही नभए आफूहरूले विकास, निर्माणको काम ठप्प गर्ने चेतावनीसमेत दिए । विरोध प्रदर्शनपश्चात उनीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

    यता, प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले पक्राउ परेकामध्ये १७ जनामाथि मुद्दा चलाइएको र अदालतबाट म्याद थपसमेत भइसकेको हुँदा दोषीमाथि हदैसम्मको कारवाही हुने बताए । राष्ट्रसेवक कर्मचारीका लागि विशेष सुरक्षा योजना तयार गरेकाले ढुक्क भई काम गर्न कर्मचारीहरूलाई उनले आग्रह पनि गरे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology