Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

यसरी बनें वंशाणुगत रोग विशेषज्ञ: डा.निलम ठाकुर

यसरी बनें वंशाणुगत रोग विशेषज्ञ: डा.निलम ठाकुर

  • 386
    SHARES
  • यसरी बनें वंशाणुगत रोग विशेषज्ञ: डा.निलम ठाकुर

    काठमाडौं । मानिसमा धेरै रोगहरू वंशाणुगत रूपमा आएका हुन्छन् । सुगर, व्लड प्रेसर, डाउन सिन्ड्रमजस्ता रोग वंशानुगत कारणले पनि आइरहेका हुन्छन् । आजभोलि वंशाणुगत मात्र नभएर खानपान र जीवनशैलीका कारण पनि धेरै रोगहरू लाग्ने गर्छ । नेपालमा पहिलोपटक डा.निलम ठाकुरले वंशानुगत रोग विशेषज्ञमा पढाइ पूरा गरेकी हुन् । उनले कसरी यो विषयमा विज्ञता हासिल गरिन भन्ने उनकै मुखबाट सुनौं: 

    मेरो जन्म वि.सं.२०४० चैत्र १२ गते राजविराजको सप्तरीमा भएको हो । म बुबा जयप्रकाश ठाकुर र आमा संगीता ठाकुरको दोस्रो सन्तान हुँ । मेरो बाल्यकाल पनि सप्तरीको गाउँमा सामान्य रूपमा बित्यो । राजविराज मै रहेको पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयबाट २०५६ सालमा एसएलसी उत्तीर्ण गरेँ । सानैदेखि मेहनती र पढाइमा अब्बल भएकाले आफ्नो ब्याचमा एसएलसीमा प्रथम श्रेणी ल्याउने पहिलो महिला मै भएँ । 

    नेपालमा पहिलेको समयमा निजी विद्यायलहरू धेरै थिएनन् । शहर तथा सुविधा सम्पन्न ठाउँमा निजी विद्यालयल हुन्थे । रााजविराजमा पनि त्यो बेला अहिलेजस्तो निजी विद्यालयहरू थिएनन् ।

    एसएलसी पास गरेपछि राम्रो क्याम्पसमा विज्ञान विषय पढ्नका लागि कि विराटनगर कि त काठमाडौं जानुपर्ने अवस्था थियो । विज्ञान पढ्न रुचि भएकाले प्लस टुमा भर्ना हुन म काठमाडौं आएँ । 

    त्यसबेला पनि छोरीलाई एक्लै घरबाट टाढा पठाउने भन्ने कुरा सहज थिएन । एसएलसीमा राम्रो नतिजा ल्याएकोले शिक्षक तथा अभिभावकहरूले सल्लाह गरेर काठमाडौं पढाउनु पर्छ भन्ने सहमति बन्यो ।

    छोरी मान्छे एक्लैलाई घरबाट टाढा पठाउन अधिकांश अभिभावकले गाह्रो मान्ने अवस्था रहेको र आफूलाई पढाउने शिक्षक घरमै आएर अभिभावकलाई मनाएर सहमति गराएकाले काठमाडौं आउने मेसो मिलेको हो । 

    काठमाडौं आएर म ग्यालेक्सि पब्लिक स्कुलमा भर्ना भएँ । विज्ञान संंकायबाट प्लस टु उत्तीर्ण गरेपछि काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरें ।  

    वीर अस्पतालमा एउटा ‘जेनेटिक ल्याब’ बनाउन सहयोगका लागि विभिन्न ठाउँमा गएँ । विश्व स्वास्थ्य संगठनसँग सहयोग मागें । प्रपोजलको लागि आफैंले पहल गरें । मेरो लगाब र निरन्तरता देखेर अस्पताललगायत अन्य डाक्टरले पनि साथ दिन थाल्नुभयो । अन्ततः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा ल्याब बनाउन सफल भएँ ।

     

    यसरी बनें वंशाणुगत रोग विशेषज्ञ

    पहिलेको समयमा अहिले जति धेरै मानिसहरू पढेलेखेका हुँदैनथे । धेरै कम व्यक्तिले पढ्ने वातावरण पाएका हुन्थे । त्यसमध्ये मैले भने पढ्ने वातावरण पाएँ ।

    सानैदेखि मेहनत अनुसारको पढाइमा राम्रो नतिजा पनि आउँथ्यो । मैले पढ्ने समयमा धेरै कम मान्छे विद्यालय जान्थें। अझ पुरुषको तुलनामा महिला त निकै कम स्कुल जान्थें । एसएलसीमा राम्रो अंक ल्याएर पास हुँदा पनि डाक्टर नै बन्छु भन्ने सोचेको भने थिइँन । प्लस टु पढ्दै गर्दा मात्र डाक्टर नै बन्छु भन्ने सोच आयो ।

    प्लस टु पढ्दै गर्दा जेनेटिक्स (वंशाणुगत) सम्बन्धी कहाँ पढाइ हुन्छ भनेर खोज्न थालें ।

    आमाबुवाको इच्छा गाइनोलोजिस्ट 

    काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकेपछि आफनो रुचि अनुसारको ‘क्लिनिकल जेनेटिक’ विषय रोजें । रुचि अनुरूपको विषय कहाँ पढ्न पाइन्छ भनेर जानकारी खोज्न थालें । नेपालमा यो एकदम नौलौ विषय थियो । यसबारे साथीभाइ र शिक्षकहरूबाट पनि बुझ्ने कोसिस गरें ।

    मेरो आमाबुवाको इच्छा भने छोरी गाइनोलोजिस्ट बनोस् भन्ने थियो । वंशाणुगत रोग विषयमा पढ्ने भन्दा बुबाले पनि कहिले नसुनेको के विषय पढ्न लागेको भन्नुभएको थियो । बुवाले यो विषय पढेर नेपालमा काम पाउन गाह्रो हुन्छ । यसमा भविष्य सुनिश्चित छैन भनेर धेरै सम्झाउनु भएको थियो । तर मैले जेनेटिक विषय पढ्ने ढिपी कसेपछि बुबाआमाले पढ्न अनुमति दिनुभयो ।

    सन् २०१० मा युनिभर्सिटी अफ ओस्लोअन्तर्गतको नोमा ग्रान्टमा यो विषय पढाइ हुने थाहा पाएँ । नोमा श्रीलंका र नर्वेको जोइन्ट प्रोग्राम हो । न्याम्स र वीर अस्पतालको जोइन्ट प्रोगामअन्तर्गत पढ्न श्रीलंका गएँ । न्याम्सले पठाएकाले पढाइ सकेर आएपछि त्यहीँ काम गर्नुपर्ने नियम थियो ।

    सन् २०१२ मा पढाइ सकेर नेपाल आएँ । पढ्ने बेलामा थाहा पाएँ, वंशाणुगत रोग असाध्यै जटिल र महत्वपूर्ण भए पनि नेपालमा प्राथमिकतामा पर्न सकेको रहेनछ । विदेशमा अध्ययन गरिरहेका बेला नेपाल गएपछि सबैलाई यसबारे जनचेतना फैलाउँछु भन्ने भावना दृढ भयो । 

    सुरुका दिनहरूमा बिरामीका साथै अन्य व्यक्तिलाई यसबारे बुझाउन निकै सकस पर्यो । वीरमा काम सुरु गर्दा धेरै समस्याको सामना गर्नुपर्यो । धेरैले के विषय पढेको भनेर प्रश्न गर्थे । केही व्यक्तिले यो विषय केही होइन । नेपालमाभन्दा विदेश नै जाँउ भन्ने जस्तो कुरा नि गरें । त्यसपछि झन् नेपालमै केही गरेर सबैलाई देखाउँछु भन्दै कडा मेहनत गरें ।

    वीर अस्पतालमा एउटा ‘जेनेटिक ल्याब’ बनाउन सहयोगका लागि विभिन्न ठाउँमा गएँ । विश्व स्वास्थ्य संगठनसँग सहयोग मागें । प्रपोजलको लागि आफैंले पहल गरें । मेरो लगाब र निरन्तरता देखेर अस्पताललगायत अन्य डाक्टरले पनि साथ दिन थाल्नुभयो । अन्ततः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा ल्याब बनाउन सफल भएँ । 

    वीर अस्पतालमा ओपिडी, पिसिआर सेवा नियमित रूपमा सञ्चालनमा आयो । यसका साथै वंशाणु रोग विशेषज्ञको लोकसेवामा कोटाको लागि पनि पहल गरें । लोकसेवामा कोटा निश्चित भइसकेपछि परीक्षा पास गरेर स्थाथी रूपमै वीरमा काम गर्न थालें । यो विषय नेपालको लागि नितान्त नौलाे भएकाले हो ।

    अहिले वंशाणुगत रोग सम्बन्धित सबै परिक्षण नेपालमै सम्भव छ । तर, यो पर्याप्त भने छैन । अझ धेरै गर्नुपर्ने छ । वीर अस्पताल यो विषयका लागि अहिले देशभरिबाट बिरामी पठाउने ‘रेफरल सेन्टर’ बनेको छ । 

    सुरुका दिनमा आफू You are unwanted everywhere भन्ने ट्याग जस्तो थिएँ । अहिले सम्झिदा हाँसो लाग्छ । तर अहिले सबैले मेरो प्रसंशा गर्नुहुन्छ । तिमी जस्तो मान्छेले यो क्षेत्रमा धेरै योगदान गर्न सक्छौं भनेर अग्रजहरुले तारिफका साथै अगाडि बढ्न हौसला समेत दिनुहुन्छ ।

    नेपालमा वंशाणुगत रोगबारे एकिन तथ्याङ्क छैन । सुरुका दिनमा महिनामा एकदुई वटा बिरामी जचाउन आउँथे । तर आजभोलि दिनमा कम्तिमा १०-१२ बिरामी आउनुहुन्छ । सुरुका दिनमा बिरामी खोज्दै हिड्थें । बिरामीको वार्डमा पुगेर उनीहरूसँग समस्या बारे सोधखोज गर्थें । बिरामीका कुरा र लक्षण देखेर सिनियरलाई यो त वंशाणुगत रोग हुनसक्छ भनेर भन्थें ।

    अहिले वंशाणुगत रोग सम्बन्धित सबै परीक्षण नेपालमै सम्भव छ । तर, यो पर्याप्त भने छैन । अझ धेरै गर्नुपर्ने छ । वीर अस्पताल यो विषयका लागि अहिले देशभरिबाट बिरामी पठाउने ‘रेफरल सेन्टर’ बनेको छ । 

    पछिल्लो केही समयमा मानिसमा यस रोग बारे थोरै भएपनि जनचेतना फैलिएको छ । यसबारे कक्षा लिएर वा मेडिकल विद्यार्थीको कक्षामा गएर जानकारी दिने गरेको छु । अन्य विभिन्न कार्यक्रममा गएर पनि वंशाणुगत रोगबारे जानकारी दिइरहेको छु ।

    यस क्रममा श्रीमानकाे दरिलो साथ पाएकी छु । श्रीमानकाे साथ र सहयोग नभएको भए म जुन स्थानमा छु सायद यहाँ हुन्न थें होला । सफल श्रीमानकाे पछाडी महिलाको हात हुन्छ भन्छन् तर मेरोे सफलताको पछाडी मेरो श्रीमानकाे हात छ । म आफूलाई एकदम भाग्यमानी ठान्छु, उहाँलाई आफ्नोे जीवन साथीका रूपमा पाउँदा ।

    डाक्टरी पेशा व्यस्त पेशा मध्ये एक हो । झन् पछिल्लो समयमा कोभिड-१९ देखिएपछि ८० प्रतिशत समय अस्पतालमै बिताए डाक्टरले । मैले पनि त्यो समयमा घरमा समय दिन सकिनँ । परिवारलाई भनेजनि समय दिन नसक्नु पेशागत बाध्यता हो डाक्टरहरूको । त्यसैले यसमा मेरो कुनै गुनासो छैन । 

    यो वर्ष पिएचडी पढाई सुरु गर्ने सोच बनाएको छु । नेपालमै काम गरेर आत्मसन्तुष्टि प्राप्त भएको छ । मैलै सधैं नेपालमै सेवा गरेर यो क्षेत्रलाई अझ फराकिलो र प्रभावकारी बनाउन काेसिस गरिरहने अठोट लिएको छु ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology