Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काठमाडौं उपत्यकामा २०९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २०९ जना संक्रमित थपिए

  • 450
    SHARES
  • काठमाडौं उपत्यकामा २०९ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । 

    यस अवधिमा ८७७ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१  रहेको छ । सक्रिय संक्रमितमध्ये ९ हजार ४२३ जना होम आइसोलेसनमा र ७७८ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २७३ जना आइसियूमा र ८५ जना भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij