काठमाडौं । मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुरले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग ५–० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो ।
लिभरपुरको जितमा मोहम्मद सलाहले ह्याट्रिक गोल गर्दा, नबी केइट र डिअगो जोटाले एक–एक गोल गरे । पहिलो हाफमै ४ गोल गरेको लिभरपुरले दोस्रो हाफमा थप १ गोल गरेको थियो ।
सलाहको पासमा मिडफिल्डर नाबी केइटाले गोल गर्दै लिभरपुललाई पाँचौ मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि १४ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै अग्रता दोब्बर पारे । युनाइटेडको कमजोर डिफेन्सको फाइदा उठाउँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा जोटाले खाली पोस्टमा गोल गरेका थिए ।
३८ औं मिनेटमा केइटाको पासमा गोल गर्दै सलाहले खेल ३–० को स्थितिमा ल्याए । इन्ज्युरी समयको पाँचौ मिनेटमा जोटाको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई ४–० ले अघि बढाए ।
दोस्रो हाफको सुरुवातमै सलाहले ह्याट्रिक पूरा गरे । उनले ५० औं मिनेटमा जोर्डन हेन्डरसनको सानदार पासको सदुपयोग गरेका थिए । त्यसको दुई मिनेटमै क्रिस्टियानो रोनाल्डोले युनाइटेडका लागि गोल फर्काएपनि भीएआरले उक्त गोललाई अफसाइड भएका कारण मान्यता दिएन ।
६० औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो । दोस्रो हाफमा मेसन ग्रीनवुडको स्थानमा प्रवेश गरेका पल पोग्बा रातो कार्ड खाँदै बाहिरिएका थिए । लिभरपुलका नाबी केइटालाई डरलाग्दो फल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै कार्ड दिए । केइटाले भने स्ट्रेचरमा मैदान छोड्नुपरेको थियो ।
यस नतिजासँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ । युनाइटेड भने सातौं स्थानमा छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij