Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

हेलिकोप्टरबाट यस्तो देखियो बेमौसमी वर्षाले धानबालीमा गरेको क्षति [भिडियोसहित]

हेलिकोप्टरबाट यस्तो देखियो बेमौसमी वर्षाले धानबालीमा गरेको क्षति [भिडियोसहित]

  • 1.8K
    SHARES
  • हेलिकोप्टरबाट यस्तो देखियो बेमौसमी वर्षाले धानबालीमा गरेको क्षति [भिडियोसहित]

    सर्लाही । बेमौसमी वर्षाले काटिसकेको धान नोक्सान गर्दा किसानले देशभर करिब ८ अर्ब मूल्य बराबरको क्षति व्यहाेर्नु परेकाे छ ।

    images

    कृषि तथा पशुपंक्षी मन्त्रालयले वर्षाका कारण भएको क्षतिको विवरण संकलन गर्दा ठूलो नोक्सान भएको देखिएको हो । 

    किसानले ठूलो नोक्सानी व्यहोर्नु परेपछि सरकारले राहतको तयारी गर्दैछ ।

    बेमाैसमी वर्षाले काटिसकेकाे र काट्न तयार भइसकेकाे धान नोक्सान पारेको समाचार देशभरिबाट आइरहेकाे थियाे । तर, त्यही बेला क्षतिकाे दृष्य अर्थमन्त्री जनार्दन शर्माले हेलिकोप्टरबाट हेरे ।

    मन्त्री शर्मा काठमाडौंबाट गत बुधबार सर्लाही जाँदा बाटोभरि बेमौसमी वर्षाले पुर्याएको क्षतिहरु हेर्दै गए । पार्टी नेता शिवपुजन रायकाे स्वर्गीय पिता अमिरी रायकाे १३ औँ दिनकाे पुण्य तिथिमा सहभागी हुन शर्मा हेलिकाेप्टरमा सर्लाही गएका थिए । उनीसँगै पूर्वसांसद एवं समाजसेवी नरेन्द्र साह पनि थिए । साहले अर्थमन्त्री शर्मालाई बेमाैसमी वर्षाले पुर्याएकाे क्षतिहरू देखाए । 

    भित्र्याउने बेला धानबालिमा भएकाे क्षति प्रत्यक्ष देखेपछि अर्थमन्त्री केही भावुक पनि भएका थिए । किसानको क्षति प्रत्यक्ष देखेका मन्त्री शर्माले सर्लाहीकाे मनुष्मारा पुगेर किसानलाई केही न केही राहतको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । त्यही दिन बसेको मन्त्रिपरिषद् बैठकले किसानले व्यहोर्नु परेको क्षतिमा राहतहरु दिने निर्णय गरिसकेकाे छ । 

    काठमाडौंदेखि सर्लाहीको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ सम्म हेलिकोप्टरबाट देखिएको बालीनाली क्षतिको दृष्य यो भिडियोमा हेर्नुहोस्......

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology