वेबटिभी खबर
काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि मंगलबारबाट अनलाइन आवेदन खुला गरेको छ ।
विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ ।
सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij