Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्दै

सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्दै

  • चैत्र ९, २०७७ सोमवार १२:५४ बजे
  • 11.8K
    SHARES
  • सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्दै

    काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण शेयर (आइपीओ) निष्कासन गर्दैछ । कम्पनीले केही समय अघि कम्पनीकाे आइपीओको मूल्य ७५० किन भन्दै १५ वटा बुँदा सार्वजनिक गरेकाे थियाे ।

    उक्त बुँदाकाे साताैँ नम्बरमा 'आइपीओबाट  प्राप्त  रकममध्ये  ४०%  ले  ऋण भूक्तानी गरी  शत प्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५% भन्दा बढि हुन जाने प्रक्षेपण गरिएकाले' लेखिएकाे छ ।

    यसकाे अर्थ कम्पनीले आइपीओबाट उठेकाे रकममध्ये ४० प्रतिशत रकम भने बैंककाे ऋण तिर्न प्रयाेग गर्नेछ ।

    कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेकाे हाे ।

    जसमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताहरुलाई, ८ लाख कित्ता स्थानीय जिल्लावासीलाई  तथा कम्पनीका कर्मचारीलाई र बाँकी २८ लाख कित्ता सर्वसाधारणलाई  छुट्याइएको छ । 

    कम्पनीले निष्कासन गर्न लागेकाे आइपीओकाे मूल्य ७ सय ५० रूपैयाँ ताेकिएकाे छ । संस्थागत लगानीकर्तालाई ७५० रूपैयाँ मूल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा १०% घटाई ६७५ रूपैयाँमा शेयर पाउनेछन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology