वेबटिभी खबर
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेका छन् ।
धनुषाको सवैला नगरपालिका-१२ रघुनाथपुरस्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई जनमतका कार्यकर्ताले शुक्रबार कालोमोसोसहित चप्पलले हानेर दुर्व्यवहार गरेका हुन् ।
आन्दोलनरत्त विद्यार्थीको मागप्रति बेवास्ता गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले जनकारबाही स्वरूप कालोमासो दलेर चप्पल हानेको बताएका छन् ।
प्रधानाध्यापक साह एक मोटरसाइकलको पछाडि बसेर जान लागेको बेला जनमतका कार्यकर्ता र केही विद्यार्थीले पछाडिबाट उनलाई कालोमोसो दल्दै चप्पल प्रहार गरी दुर्व्यवहार गरेका थिए ।
विद्यार्थीहरूले नियमित पठन-पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरूले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्रीहरू विद्यालयमा राख्नु पर्ने लगायतको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij