Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रोनाल्डो नायक बन्दा युनाइटेडले टोटनहमलाई हरायो 

रोनाल्डो नायक बन्दा युनाइटेडले टोटनहमलाई हरायो 

  • कार्तिक १४, २०७८ आइतवार ०८:०५ बजे
  • 674
    SHARES
  • रोनाल्डो नायक बन्दा युनाइटेडले टोटनहमलाई हरायो 

    एजेन्सी – क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि  म्यानचेस्टर युनाइटेडले टोटनहमलाई पराजित गरेको छ।  अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले टोटेनहमलाई ३–० ले हराएको हो। 

    युनाटेडको सुरुवाती दुवै गोलमा रोनाल्डोको भूमिका रह्यो । पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए । अर्को गोल मार्कोस रासफोर्डले गरेका थिए । रोनाल्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेजको पासमा शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए ।

    ६४ औं मिनेटमा काभानीले गोल गरेका थिए । फर्नान्डेजको पासलाई रोनाल्डोले चखालीपूर्ण तरिकाले अघि बढाएपछि काभानीले गोल गरेका थिए । जिततर्फ अघि बढेको युनाइटेडका लागि खेल सकिन ४ मिनेट बाँकी रहँदा रासफोर्डले गोल गर्दै टोलीको जितअन्तरलाई फराकिलो बनाए ।


    जितपछि १७ अंक पुगेको युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । टोटेनहम १५ अंकसहित आठौं स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij