Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन, आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने 

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन, आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने 

  • कार्तिक १४, २०७८ आइतवार ०९:२५ बजे
  • 575
    SHARES
  • प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन, आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने 

    काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ ।

    बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो ।  आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेको छ ।

    बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij