Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तिहारमा रसुवागढी नाकाबाट ५० भेडा–च्याङग्रा नेपाल भित्रिए

तिहारमा रसुवागढी नाकाबाट ५० भेडा–च्याङग्रा नेपाल भित्रिए

  • कार्तिक १६, २०७८ मंगलवार ०९:०५ बजे
  • 663
    SHARES
  • तिहारमा रसुवागढी नाकाबाट ५० भेडा–च्याङग्रा नेपाल भित्रिए

    रसुवा ।  चीनसँगको  व्यापारिक नाका रसुवागढीबाट भेँडा–च्याङग्रा नेपाल भित्र्याइएको छ । शनिबार चीनबाट ५० वटा भेँडा च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । तिहार नजिकिँदै जाँदा बजारमा मासुको माग बढेको छ ।

    ‘सय भन्दा बढी भेँडा–च्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा आपूर्ति भएको छ,’ उनले भने । विगतभन्दा यो वर्ष भेँडा च्याङ्ग्राको भाउ महँगो रहेको न्यौपानेले बताए । एउटै भेँडा च्याङ्ग्रामा ३ हजारदेखि ३ हजार ५ सयसम्म महँगो परेको उनले बताए । नेपाल भित्रिएका  भेँडा–च्याङ्ग्राको मूल्य ३२ हजारसम्म परेको छ। 

    दसैँमा १ सय ७० भेँडा–च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल ल्याइएको थियो । 
     

  • सम्बन्धित विषय:

  • # तिहार
  • # च्याङग्रा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij