Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छः भूमिसुधार मन्त्री श्रेष्ठ

भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छः भूमिसुधार मन्त्री श्रेष्ठ

  • 444
    SHARES
  • भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छः भूमिसुधार मन्त्री श्रेष्ठ

    महोत्तरी । भूमिसुधार तथा सहकारीमन्त्री शशी श्रेष्ठले दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाई छिट्टै लालपुर्जा वितरण गर्ने बताएकी छन् ।

    महोत्तरीको रामगोपालपुरमा गाउँ, ब्लक तथा एैलानी जग्गाको उपभोगकर्तालाई लालपुर्जा वितरण गर्न आएकी मन्त्री श्रेष्ठले बोल्ने भन्दा पनि काम गरेर देखाउने दाबी गरिन ।

    किसानहरूको समस्यालाई मुख्य प्राथमिकतामा राखेको बताउँदै मन्त्री श्रेष्ठले भनिन्, ‘ढिलासुस्ती तथा कानुनको अभावमा काम नगर्ने प्रवृत्तिको अन्त्य गर्दै नयाँ ढंगबाट अगाडि बढ्ने मेरो अठोट हो । फास्ट ट्र्याकबाट काम भइरहेको जिकिर गर्दै उनले अघिल्लो भूमि आयोगले गरेका राम्रा कामको स्वामित्व लिने पनि बताइन् । उनले राष्ट्र र जनताका पक्षमा जसले राम्रो काम गरेको भए पनि सधैं धन्यवादको पात्र बन्ने र केही बाधा, अडचन र चुनौती भए त्यसलाई समाधान गर्नेतर्फ उन्मुख भएको मन्त्री श्रेष्ठको भनाइ  थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij