Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दिपावलीका बेला भारतमा बिक्छन अर्बौका पटाका 

दिपावलीका बेला भारतमा बिक्छन अर्बौका पटाका 

  • 851
    SHARES
  • दिपावलीका बेला भारतमा बिक्छन अर्बौका पटाका 

    नयाँ दिल्ली । भारतमा तिहार (दिपावली) का बेला पटाकाहरु सर्वाधिक खपत हुन्छ । भारतमा यो बेला पटाकाको कारोबार भारु नौ हजार करोड बराबरको हुने गरेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

    भारतमा खपत हुने पटाकामध्ये ८० प्रतिशत भारतको तमिलनाडु राज्यमा पर्ने शिवाकाशीमा बन्छ । यस वर्ष दिपावलीमा पटाका पड्काउन भारतको सर्वोच्च अदालतले रोक लगाएको छ । आदतलको आदेशसँगै प्रशासनले पनि यसमा कडाइ गरेको छ ।

    अदालतले राजधानी दिल्ली र वायु प्रदुषण बढी भएका ठाउँमा पटाका पड्काउन रोक लगाउने आदशे दिएको हो । अदालतले दिएको आदेशमा कतै पूर्ण प्रतिवन्ध त कतै आंशिक प्रतिबन्ध लगाएपछि यो वर्ष पटाकाको व्यापारमा ठूलो कटौती हुने देखिएको छ । यो बेला भारतमा बिक्री हुने पटाका सामान्य अनुमानभन्दा निकै बढी हुन्छ । भारतमा पटाका बनाउने रोजगारीमै लाखौं छन् । भारतीय संचारमाध्यमका अनुसार पटाका कारोबारमा मात्र ५ लाख जनाले रोजगारी पाउँछन् । यसको किनबेचमा पनि लाखौं संलग्न हुन्छन् ।  

    तमिलनाडुको शिवकाशीमा मात्र पटाका बनाउने ११ सय कम्पनी दर्ता भएका छन् । अल इन्डिया फायरवक्र्स एशोसियसनका अनुसार गत वर्ष कोरोनका कारण यसको खासै कारोबार हुन सकेन । सन् २०१६ मा शिवकाशीबाट मात्र भारु ६ हजार करोड बराबरको पटाका किनबेच भएको थियो । देशभरिमा बन्ने पटाकासमेत जोड्दा नौ हजार करोड भारु बराबरको कारोबार भएको एशोसियसनले जनाएको छ ।

    शिवकाशीमा मात्र ३ लाख जना यो कारोबारमा जोडिएका छन्, अर्थात तीन लाखले पटाका बनाउने उद्योगका कारण रोजगारी पाएका छन् । देशभरमा गर्दा ५ लाखजना यो कारोवारमा जोडिएको अनुमान छ । यस बाहेक पनि भारतमा चीनबाट थप पटाका अबैध रुपमा आउने गरेको छ । सस्तो हुने भएकाले चिनियाँ पटाकाले पनि करिब ३० प्रतिशत बजार ओगटेको बताइन्छ ।

    भारतीय सर्वोच्च अदालतले रोक लगाउने आदेश दिए पनि राजधानी दिल्लीमा लुकिछिपी पटाका पड्काउने क्रम भने सुरु भएको छ । अदालतले प्रतिबन्ध लगाएको र प्रशासनले कडा गरेकोले पटाकाको मूल्य भने आकाशिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij