Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सर्लाहीका विद्यालय कर्मचारीले १३ र ११ हजारका दरले तलब पाए 

सर्लाहीका विद्यालय कर्मचारीले १३ र ११ हजारका दरले तलब पाए 

  • 1.0K
    SHARES
  • सर्लाहीका विद्यालय कर्मचारीले १३ र ११ हजारका दरले तलब पाए 

    काठमाडौं । सर्लाहीस्थित हरिवन नगरपालिकाले विद्यालय कर्मचारीलाई तलब दिएको छ । नगर प्रमुख गणेशप्रसाद प्रसाईंले तलब दिएको बताएका हुन् ।

    images

    वेबटिभी खबरसँग कुरा गर्दै नगर प्रमुख प्रसाईंले भने, ‘हामीले जिम्मेवारी र भूमिकाको आधार तलब दिएका छौं । इसीडी शिक्षकलाई १५ हजार नै दिएका छौं । लेखापालको पनि त्यति नै पुर्‍याएका छौं । नि.मा.वि र मा.विका कार्यालय सहयोगीलाई १३ हजार दिने निर्णय गरेका छौं । प्रा.वि तहका कार्यालय सहयोगीलाई ११ हजार दिने निर्णय गरेका छौं । तर यो तीन महिनाका लागि मात्रै हो । तीन महिनापछि सबैलाई १५ हजार नै दिन्छौं ।’

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई १५ हजार तलब पुर्‍याउँदा शिक्षाको गुणस्तरलाई बढ्ने प्रसाईंको भनाइ छ । केन्द्रीय सरकारबाट ८ हजार रूपैयाँ विनियोजित हुने र बाँकी रकम स्थानीय तहले व्यहोर्ने गरी न्युनतम पारिश्रमिक १५ हजार पुर्‍याउने परिपत्र जारी भइसकेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology