Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

  • कार्तिक १९, २०७८ शुक्रवार ०८:५८ बजे
  • 540
    SHARES
  • अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का


    एजेन्सी ।  चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ ।  तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो । 

    तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी , पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार गर्न कडा निर्देशन दिएका छौ,’ तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले भनेका थिए ।  

    अफगान बजारमा अहिले पनि अमेरिकी डलर प्रयोग हुन्छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानसँगको व्यापारमा पनि डलरको प्रयोग हुन्छ ।

    अफगानिस्तानको कूल खर्चमध्ये दुई तिहाई खर्च विदेशी अनुदानमा सञ्चालित छ । यसै वर्षको सुरुमा अन्तर्राष्ट्रिय मौद्रिक कोष ९आइएमएफ० ले अफगानिस्तानको आफ्नो स्रोत साधनमा पहुँच नपुगेको जनाएको थियो । त्यस्तै, विश्व बैंकले देशमा सञ्चालित परियोजनाका लागि रकम रोक्का गरेको थियो । 

    गत महिना आइएमएफले देशको अर्थतन्त्र ३० प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको थियो । गिरावटका कारण लाखौं मानिस गरिबीतर्फ धकेलिने र मानवीय संकट उत्पन्न हुने जनाएको थियो । 

    तालिवानले अगस्टमा राजधानी काबुल कब्जा गरेपछि अन्तर्राष्ट्रिय दाता अफगानिस्तानमा आर्थिक सहयोग प्रदान गर्न हच्किएका छन् । आर्थिक संकटका कारण त्यहाँ भोकमरीको अवस्था आएको राष्ट्रसंघले बताएको छ । तालिवनले देशबाहिर रहेको ठूलो रकम ‘फ्रिज’ भएको गुनासो गर्दै आएको छ । 
     

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij